Light Nepal

सुरु भयो दिल्लीको खेल, ब्याटिङ गर्दै सन्दीपको टिम

काठमाडौं, ६ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सले टस जितेर ब्याटिङ रोजेको छ । दिल्लीले ब्याटिङ रोजेसँगै मुम्बई इन्डियन्सले बलिङको निम्तो पाएको हो ।

मुम्बई इन्डियन्सका लागि प्लेअफमा पुग्न आजको खेल जित्नैपर्ने दबाब रहेको छ । आफ्नो घरेलु मैदान फिरोज शाह कोट्ला रंगशालामा हुने खेलमा दिल्ली जितको खोजिमा हुनेछ ।

यसअघि भएको अवे खेलमा दिल्लीले मुम्बईलाई ७ विकेटले जितेको थियो । आफ्नो अन्तिम खेलमा मुम्बईलाई पराजित गर्दै सुखद अन्त्य गर्ने दाउमा रहेको छ ।

दिल्ली आईपीएलको पुछारमा रहेको छ । दिल्ली मुम्बई विरुद्धको खेलमा दिल्लीको टिममा सन्दीप पनि परेका छन् । सन्दीपले खेल्न लागेको आईपीएलमा यो तेस्रो खेल हो ।

प्रतिक्रिया दिनुहोस्