Light Nepal

प्रधानमन्त्री ओलीले भने-‘अब टुक्रे पसल चलाएर नबस्नुस्, महाअभियानमा सहभागी हुनुस् ‘

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनावमा नेपाल कम्युनिष्ट पार्टीले तीन चौथाई मत ल्याउने दावी गरेका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नयां युगमा नेपाल प्रवेश गरेको बताए । उनले कम्युनिष्ट आन्दोलन मात्र होइन देशभक्तिको आन्दोलन नयाँ उचाईमा पुगेको बताए । उनले कम्युनिष्ट पार्टीका लागि दुई तिहाइ बहुमत सामान्य भइसकेको बताएका छन् ।

‘कम्युनिष्ट पार्टीका लागि दुई तिहाइ सामान्य जोडघटाउ मात्रै हो । आउदो चुनाव दुई तिहाइको कुरा होइन कम्तीमा तीन चौथाई’ उनले भने ‘कतिपयलाई यो ठट्टा सक्छ, छ महिनाअघि क कसलाई के के कुरा ठट्टा लाग्थ्यो विचार गर्नुस् त ।’

उनले नयाँ पार्टीलाई दुई अध्यक्षले नेतृत्व गर्ने भन्दै त्यो अहिलेको आवश्यकता भएको बताए ।’ टेम्पो चलाए जस्तो होइन, जेटमा दुईटा पाइलट हुन्छन्, उनले भने कसले के भन्छ भन्दा पनि आवश्यकताले निर्धारण गर्ने कुरा हो ।’

अध्यक्ष ओलीले अन्य कम्युनिष्ट घटकहरुलाई पनि एकिकरणमा आउन गरेका छन् । ‘अब टुक्रे पसल चलाएर नबस्नुस्, ओलीले भने यो महाअभियानमा सहभागी
हुनुस् । उनले यो ऐतिहांसिक अवसर भएकाले सबैलाई सहभागी हुन आह्वान गरे । कम्युनिष्टको बहुमतको सरकार बनेको छ, तपाईहरु कुनामा बसेर सुतली बम पड्काएर बस्दै हुनुहुन्छ, यो कहांको नीति हो । ‘

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसलाई पनि असल प्रतिपक्षको भुमिकामा बस्न आग्रह गरेका छन् । उनले एउटा निर्वाचन हार्देमा नेपाली कांग्रेस अत्तालिएको टिप्पणी गरे ।

‘एउटा चुनाव हार्दैमा कहिले यता टाउको ठोक्काउने कहिले उता लात्ताले हान्ने गर्नु भएन, उनले भने अलिकति च’नाव हारेपछि उहांहरु आत्तिनु हुन्छ । जनताले झन झन आश्चर्य मान्ने खालका कुरा गरेर आफ्नै प्रतिष्ठा नघटाउन काम नगर्नुस् म आग्रह गर्न चाहन्छु ।’

तानाशाही चलाउन, दमन र अहंकार देखाउन कम्युनिष्टलाई वहुमतको आवश्यकता परेको नभई देश बनाउने संकल्प पुरा गर्न, भ्रष्टाचार रोक्नका लागि भएको बताए । उनले आफुहरुको एकता कसैप्रति लक्षित नभएकाले नेपाली कांग्रेस वाम एकतावाट डराउनु नपर्ने बताए ।
‘म भ्रष्टाचार गर्दिन म भ्रष्टाचार गर्न दिन्न भन्ने अभियानमा कांग्रेस पनि साथमा आउनु पर्ने, उनले भने कानुनी राज र शुसासन स्थापनाहाम्रो उद्येश्य हो, यसका लागि राम्रो प्रतिपक्षको भुमिका खेल्नुहोस् ।’

‘कोही पनि हाम्रे एकतावाट डराउनु पर्दैन । यो कसैका विरुद्ध होइन । यो समृद्धिका लागि हो ओलीले भने ।’

प्रतिक्रिया दिनुहोस्