Light Nepal

अन्तत: मिले एमाले र माओवादी, बन्यो ‘नेपाल कम्युनिष्ट पार्टी’

काठमाडौं, ३ जेठ । अन्तत नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । विहिवार पार्टी एकिकरणको घोषणा गरेसंगै दुई घटक मिलेका हुन् । दुई ठुला कम्युनिष्ट घटक मिलेर ने‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ ।

पुनर्गठित पार्टीको अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् । पार्टीको ९ सदस्यीय सचिवालय बनाइएको छ ।
टेम्पु होइन जेटमा दुईटा चालक हुन्छन्, अध्यक्ष ओलीले भने आवश्यकता अनुसार एउटा पार्टीमा दुई जना अध्यक्ष हुन्छन् ।

दुई पार्टी एक भएसंगै यो दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।
६ बुँदे घोषणापत्र एकता जारी गर्दै नेताहरुले आफूहरुको लक्ष्य जनतालाई सुखी र समृद्ध बनाउनु भएको बताएका छन् ।

पुनर्गठित पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने भएको छ ।

एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं शताब्दीको जनवाद भन्दै आएको थियो । दुवैलाई आगामी महाधिवेशनमा बहसमा लगिने भएको छ ।

पुनर्गठित पार्टीले दैनिक कार्यसञ्चालनका लागि ९ सदस्यीय केन्द्रीय सचिवालय बनाइएको छ । पार्टी एकता संयोजन समितिमा एक सदस्य थपेर सचिवालय बनाइएको हो ।

पार्टीमा दुई अध्यक्ष ओली र प्रचण्ड रहनेछन् । कार्यकारी अधिकार दुबै अध्यक्षमा हुनेछ ।

त्यसपछिको वरियतामा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् । श्रेष्ठलाई प्रवक्ता र पौडेललाई महासचिवको जिम्मेवारी दिइएको छ ।

एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय हुनेछ, जसमा एमालेबाट २६ र माओवादीबाट १९ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्