Light Nepal

भारतवाट अर्काे वर्ष नेपालमा रेल आउने पक्का, धमाधम भइरहेको छ काम

विराटनगर, ३ जेठ । आगामी एक वर्ष भित्रै नेपाल रेलमार्गमा जोडिने भएको छ । नेपालको पुर्वी सिमानामा एक वर्ष भित्रै रेलमार्गमा जोडिने गरी तयारी सुरु भएको छ ।

मोरङको कटहरीसम्म भारतबाट रेल ल्याउन धमाधम रेलमार्ग निर्माणको काम भइरहेको छ । भारतीय निर्माण कम्पनी इकर्नले जिम्मा लिएको सो काम एक वर्ष भित्रमा सकिने बताइएको छ । कम्पनीले अहिले धमाधम लिक बिच्छ्याउने काम गरिरहेको छ । अबको १ वर्षभित्र भारतको बथनहादेखि नेपालको कटहरीसम्म रेल नै आउने भएको छ । त्यसका लागि कटहरी स्टेशन नजिक ३ किलोमिटर क्षेत्रको मुआब्जा विवाद समाधान गर्नुपर्ने छ ।

कुल लम्बाई १८ दशमलव ६ किलोमिटर रहेको सो रेलमार्ग भारत तर्फ भन्दा बढी नेपाल तर्फ बांकी काम धेरै छ । नेपाल तर्फ १० किलोमिटर पर्छ भने बाँकी भारत तर्फको भू भागमा पर्छ ।

२०१३ डिसेम्बरसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य सहित काम सुरु भएको थियो । सन, २०११ मा सुरु भएको सो योजनाको भारत तर्फको अधिकांश काम सम्पन्न भइसकेको छ भने नेपाल तर्फ पनि धमाधम काम भइरहेको छ ।

नेपालको सीमासम्म आगामी अक्टोबरसम्म रेल आउने कम्पनीका म्यानेजिङ डाइरेक्टर प्रदीप कुमारले विश्वास दिलाएका छन् । कम्तीमा अबको मार्च महिनामा नेपालमा रेल आउने उनको भनाई छ । कटहरीको जग्गा बिवाद ७ वर्ष देखि कायम छ । सो विवाद समाधान भए अर्काे वर्ष रेल आउने पक्का भएको कुमारले बताए ।

सो क्षेत्रका स्थानिय बासीन्दाले चलनचल्तीको मुआब्जा दिनुपर्ने माग राखेका छन् । १६ जना जग्गा धनीले सोही माग सहितको मुद्या सर्वाेच्च अदालतमा दायर गरेका छन् । आयोजना र स्थानिय बासीन्दा समेत अदालतको फैसलाको पखाईमा छन् ।

प्रतिक्रिया दिनुहोस्