Light Nepal

सलमान खानको रेस ३ को ट्रेलर आशा गरिएको भन्दा झुर भएको भन्दै भयो आलोचना(ट्रेलरसहित)

काठमाडौं,३ जेठ । सलमान खान अभिनित हाइअक्टेन एक्सन फिल्म ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा भरपुर एक्सन र स्टाइललाई महत्व दिइएको छ। ३ मिनेट र केहि सेकेण्ड लामो ट्रेलरमा सलमानलाई सिकन्दरको भूमिकामा प्रस्तुत गरिएको छ। मसलाप्रधान फिल्मको बाचा ट्रेलरले देखाएको छ।
फिल्ममा हलिउड शैलीका एक्सनको भरपुर प्रयोग गरिएको छ। फिल्ममा सलमानका अलावा अनिल कपुर, बबी देवल, ज्याकलिन फर्नानडिज, डेजी शाह आदिको मुख्य भूमिका रहेको छ। फिल्मलाई रेमो डिसुजाले निर्देशन गरेका हुन्। फिल्म करिब १२० करोड भारूको लागतमा निर्माण भएको हो। ट्रेलरलाई लिएर दर्शकहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।
कतिले सलमानले पछिल्लो समय एउटै खालको फिल्म गर्न थालेको भन्दै आलोचना गरेका छन् भने कतिले फिल्म ब्लक्बस्टर हुने कमेन्टमा लेखेका छन् । साथै केहिले सेफ अलि खान बिना रेस ३ खल्लो देखिएको भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्