Light Nepal

प्रधानमन्त्रीलाई सन्दीपका फ्यानको जवाफ, स्टाटसले मात्र देश चल्दैन प्रधानमन्त्री ज्यू क्रिकेट स्टेडियम चाहियो

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् । नेपाली युवा क्रिकेट स्पिनर सन्दीप लामिछाने आईसीसी विश्व–११ को समुहमा छनौट भएको भन्दै प्रधानमन्त्रीले खुसी ब्यक्त गरेका छन् । सन्दीप विश्व – ११ का तर्फबाट इङल्याण्डको लर्डस् क्रिकेट मैदानमा हुने खेलका लागि छनौट भएका छन् । विहिवार विहान करिब ११.२० मा प्रधानमन्त्रीले ट्वीटर मार्फत बधाई तथा शुभकामना दिएका हुन. । उनले लेखेका छन् ।

नेपाली युवा क्रिकेट स्पिनर सन्दीप लामिछाने आईसीसी विश्व–११ का तर्फबाट इङल्याण्डको लर्डस् क्रिकेट मैदानमा हुने खेलका लागि छनौट हुन सफल भएकामा नेपाली खेल जगतसँगै म पनि हर्षित छु। नेपाली युवा खेलाडीको यस सफलताका लागि हार्दिक वधाई तथा शुभकामना ब्यक्त गर्दछु ।

प्रधानमन्त्रीको सो ट्वीटको जवाफ दिंदै उनका फलोअर तथा क्रिकेट प्रमीहरुले सन्दीपलाई शुभकामना र बधाई दिएर मात्र नपुग्ने भन्दै कमेन्ट गरेका छन् । उनीहरुले खेलको विकासका लागि प्रधानमन्त्रीले शुभकामना र बधाई मात्र दिएर नहुने भन्दै क्रिकेट स्टेडियम बनाउन पहल गर्न माग गरेका छन् ।

प्रधानमन्त्रीलाई जवाफ दिंदै जिवन श्रेष्ठले लेखेका छन् २र४ ओटा अन्तराष्ट्रिय क्रिकेट स्टेडियम बनाउनु परो प्रधानमन्त्री ज्यु यस्ता स्टाटस्ले मात्रै देश बन्दैन खेलाडिको भविष्य सुनिश्चित गरे देशको नाम रोशन गर्नेछन् विश्वमा ।

प्रतिक्रिया दिनुहोस्