Light Nepal

बैदेशिक रोजगारीका लागि मलेसिया जान चाहने नेपालीका पक्षमा गोकर्ण विष्टले गरे यस्तो निर्णय

काठमाडौं, ३ जेठ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीले तिर्दै आएको अतिरिक्त शुल्क सरकराले खारेज गरेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरुका लागि श्रममन्त्री गोकर्ण विष्टले यस्तो निर्णय गरेका हुन् ।

मन्त्री विष्टले मलेसिया जांदा लाग्ने भिसा शुल्क समेत खारेज गर्ने कुटनीतिक पहल थाल्ने बताएका छन् । मलेसियामा नयाँ सरकार बनेकाले नेपालले त्यसवाट फाइदा लिने विश्वास लिइएको छ । नयाँ सरकारले नेपालले गरेको पहललाई सकारात्मक रुपमा लिने विश्वास रहेको श्रममन्त्री गोकर्ण विष्टले बताएका छन् ।

मलेसिया वैदेशिक रोजगारीका लागि नेपालीको प्रमुख गन्तब्य स्थान हो । अतिरिक्त शुल्क बुझाउनु पर्दा विपन्न नागरिकलाई वैदेशिक रोजगारीका लागि मलेसिया जान विभिन्न समस्या झेल्नु पर्ने अवस्था छ । भिसा शुल्कबापत नेपालस्थित मलेसियन दूतावासले सात सय रुपैयाँ लिन्छ ।

तर, यसबाहेक कामदारले झण्डै १७ हजार रुपैयाँ विभिन्न संघसंस्थाहरूलाई बुझाउनु प्रावधान छ । भीएलएन नामक संस्थाले भिसा प्रक्रियाका नाममा पाँच वर्षदेखि ३२ सय रुपैयाँ असुल्दै आएको छ । तर, नेपाल सरकारले एकतर्फी रुपमा सबै अतिरिक्त शुल्क खारेजको निर्णय लिएको छ ।

प्रतिक्रिया दिनुहोस्