Light Nepal

सुपरहिट चलचित्र “लुट” लुट २ जस्ता फिल्महरू बनाएका फिल्म निर्माता वाग्लेको कोठामा २ करोड ५२ लाख नक्कली नोट बरामद, आग्ले परे प्रहरीको फन्दामा

काठमाडौँ –  नेपाली चलचित्र उद्योगका चर्चित निर्माता माधव वाग्लेको घरबाट प्रहरीले २ करोड ५२ लाख रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकुको टोलीले लामो समय फिल्म वितरक र त्यसपछि फिल्म निर्माताकारुपमा कलिउडमा सक्रिय वाग्लेको काठमाडौँको चार ढुंगेस्थित प्रिन्सेस मुभिज प्रालिका सञ्चालक वाग्लेको कोठाबाट एक हजार दरका २ करोड ५२ लाख नेपाली नक्कली नोट बरामद गरेको हो ।

वाग्लेले नेपाली चलचित्र ओरालो लागेका बेला सुपरहिट चलचित्र लुटको निर्माण गरेका थिए । उनले सन् २०१० मा पहिलो फिल्म फस्ट लभ बनाएका थिए । उनको निर्माणमा छड्के, मिसन पैसा रिलोडेड, रेशम फिलिली, लभ शाशा र लुट २ जस्ता फिल्महरू रिलिज भएका छन्।

पपकर्न पिक्चर्सले वितरण गरेका कबड्डी, पशुपती प्रसाद, टलकजङ्ग भर्सेस टुल्के पनि वाग्लेको लगानी थियो । कालो पोथी र ह्वाइट सन जस्ता चलचित्र पनि उनले निर्माण गरेका थिए ।

उनी नेपाल चलचित्र निर्माता संघका सह उपाध्यक्ष र नेपाल चलचित्र संघका सदस्य पनि भइसकेका छन् । २०७२ वैशाखमा गएको भूकम्पपछि उनी राहत अभियानमा पनि होमिएका थिए । वाग्ले पछिल्लो पटक लालपुर्जा फिल्म निर्माणमा लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्