Light Nepal

“समृद्ध प्रदेशः खुसी जनता” मा चल्यो संसदमा वहस

बुटवल, २ जेठ । प्रदेश सभा बैठकमा सरकारले आगामी बर्षका लागि पेश गरेको विनियोजन विधेयकका सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख निती माथीको छलफल सकिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले सोमबार प्रस्तुत गरेको विधेयकमाथी दोस्रो दिनको छलफलमा २५ जनाले भाग लिएका थिए । छलफलका लागि ४७ जना सांसदले प्रदेश सभा सचिबालयमा नाम दर्ता गराएपनि दुई जना सांसदले नाम दर्ता गरेपनि बैठकमा उपस्थिती नभएपछि २५ जनाले छलफलमा भाग लिएका थिए । नाम दर्ता गरे मध्ये सांसद अजय शाही र रमा अर्यालले छलफलमा भाग लिएनन ।

विधेयक माथी संसदमा बोल्दै सांसदहरुले कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र पुर्वधारको विकासमा सरकारले बजेट प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका
थिए । अधिकांश सांसदहरुले कृषि र पर्यटन क्षेत्रको विकास विना सरकारले अघि सारेको “समृद्ध प्रदेशः खुसी जनता” अभियान पुरा नहुने बताए । संसदमा बोल्दै सांसद धर्म बहादुर लाल श्रीवास्तवले संसदिय कोषको अवधारणा प्रदेश सरकारले ल्याउनुपर्ने बताए ।

उनले हुलाकि राजमार्गको परिकल्पना समेत यस प्रदेशमा हुनुपर्ने धारणा राखे । त्यसैगरी युवराज खनाले निर्वाचन क्षेत्र विकास कार्यक्रम आवश्यक रहेको बताए । स्थानिय तह र केन्द्रीय तहबाट अब उक्त कार्यक्रम नआउने भएकाले प्रदेशले निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई ल्याउनुपर्ने बताए । आजकै सांसद बैठकमा राजधानी कहाँ राख्ने भन्ने विषयमा पनि सांसदले भनाई राखेका थिए । संसदमा बोल्दै सांसद लौटी थारुले बर्दियाको राजापुर र बुटवलको बीचमा प्रदेशको राजधानी हुनुपर्ने भन्दै अब सरकारले राजधानीको विषयलाई पनि अगाडि सार्नुपर्ने बताईन । उनले सुकुमबासी समस्यालाई व्यवस्थित गर्नुको विकल्प नभएको समेत प्रष्ट पारिन ।

त्यस्तै सांसद तारा जिसीले गरिव जिल्लाहरुलाई माथि उठाउन सरकारले महत्वपुर्ण योजनाहरु अगाडि सार्नुपर्ने बताईन । कपिलबस्तु, प्युठान जिल्ला अझै पनि गरिविको क्षेत्र भित्र पर्ने भएकाले गरिवीलाई माथी उठाउन सरकारले योजनाहरु ल्याउनुपर्ने बताईन । तुल्सी चौधरीले प्राविधिक शिक्षा सामुदायिक विद्यालयहरुमा समेत अध्ययापन गराउनका लागि नितीगत रुपमै राख्नुपर्ने र प्रदेशलाई शिक्षाको हव बनाउनुपर्नेमा जोड दिए ।

बैठकमा उठेका सुझावहरुको जवाफ दिदै मुख्यमन्त्री शंकर पोखरेलले अधिकत्तम भन्दा अधिकत्तम बजेट प्राथमिकताका आधारमा छुटाईने बताए । सांसदले राखेका सवै विषयहरु उत्तिकै महत्वपुर्ण रहेको भन्दै पहिलो चरणमा मुख्य–मुख्य विषयहरु कृषि, पर्यटन, उर्जा, पुर्वधारको निर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताए । सुरुवाती चरणमा सवै विषय समेटन् बजेटले पनि नसकिने भएकाले सवैको सुझावका आधारमा बजेटलाई विनियोजन गर्ने उनको भनाई थियो । बैठकमा राजधानी र प्रदेशको नामका बारेमा विषय उठेपनि मुख्यमन्त्री पोखरेलले भने उक्त विषयलाई प्राथमिकतामा राखेनन ।

आजको बैठकमा गिता थापा, रामजि प्रसाद घिमिरे, भोज प्रसाद श्रेष्ठ, भुमिश्वर ढकाल, चेतनारायण आचार्य, भुमिश्वरी चौधरी लगाएतले बोलेका थिए ।
प्रदेशसभाको अर्को बैठक जेठ १६ गते दिउसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्