Light Nepal

चलचित्रका निर्माता तथा वितरक नक्कली नोट सहित पक्राउ

काठमाडौं, २ वैशाख । चलचित्र निर्माता तथा वितरण माधव वाग्ले ठूलो परिणामको नक्कली नोट सहित पक्राउ परेका छन् । प्रहरीले वाग्ले सहित ६ जनालाई पक्राउ गरेको छ । दुई करोड ६० लाख त्रिसठ्ठी हजार नक्कली नोट सहित प्रहरीले वाग्ले सहित ६ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई काठमाडौंको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबु स्थानबाट पक्राउ गरेको जनाएको छ ।
प्रहरीले चारढुङ्गे स्थित प्रिनसेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठामा खानतलासी गरेको थियो । सो क्रममा उनको कोठावाट १ हजार दरको २ करोड ५२ लाख बरामद गरेको छ ।

वाग्ले चर्चित चलचित्र लुट, लुट–२, छड्के, रेशम फिलिली लगायत चलचित्रका निर्माता तथा वितरक हुन् ।

प्रतिक्रिया दिनुहोस्