Light Nepal

अन्तराष्ट्रिय स्तरमा अर्काे अवसर पाएका सन्दीपलाई बाबुराम भट्टराईले दिए बधाई

काठमाडौं, २ जेठ । पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई बधाई दिएका छन् । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले क्रिकेटका क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा अर्को अवसर प्राप्त गरेपछि भट्टराईले बधाई दिएका हुन् ।

युवा बलर सन्दीप लामिछाने विश्व -११ का तर्फबाट वेस्ट इण्डिजविरुद्ध खेल्ने भएका छन् । उनी विश्व -११ को टोलीमा परेका छन् ।
सो खबर बाहिरीए पछि डा बाबुराम भट्टराईले ट्वीटर मार्फत सन्दीपलाई बधाई दिएका छन् । उनको ट्वीटमा भट्टराईको थुप्रै फलोअरहरुले लाइक र कमेन्ट गरेका छन् ।

यही मे महिनाको ३१ तारिखमा विश्व -११ र वेस्ट इण्डिजबीच टी -ट्वान्टी खेल हुँदैछ । बंगलादेशका अलराउण्डर सकिब उल हसनले पारिवारिक कारणले नाम फिर्ता लिएपछि उनको साटो सन्दीपले मौका पाउने भएका हुन् ।

सन्दीपले खेल्ने टोलीको नेतृत्व इंग्लिस कप्तान इयान मोर्गनले गर्नेछन् । टोलीमा सन्दीप र मोर्गनका अलावा शहीद अफ्रिदी, तमिम इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याकक्लायनघन, सोहेम मलिक, हार्दिक पाण्डेय, थिसेरा परेरा, लुक रंकीलगायतका विश्वचर्चित खेलाडी छन् । सन्दीप हाल आईपीएल खेल्न दिल्लीमा छन् ।

प्रतिक्रिया दिनुहोस्