Light Nepal

हनुमानेका जोडी बने नायक–नायिका, यस्तो छ फिल्म (भिडियो सहित)

काठमाण्डौं, २ जेठ । हाँस्य टेलिसिरियलका चर्चीत जोडी हनुमाने –बुद्धि तामाङ र मंगली (रजनी गुरुङ) नायक नायिका बनेको फिल्मको ट्रेलर सार्वजनिक भएको छ । पौरखी फिल्मस् प्रालि को ब्यानरमा बनेको मट्टी माला फिल्म पृथ्वी राइले निर्माण गरेका हुन् ।

चलचित्रलाई पारिवारीक, रोमान्स र कमेडीको संगम भनिएको छ । आज कार्यक्रम बिच ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा हनुमाने मंगली सहित चिरनको एक्सन, प्रियंका कार्कीको विशेष भुमिका छ । चलचित्रले मट्टी माला (सि माला) नामक माटो भित्र पाइने एक बहुमुल्य धातु (माला) को पृथक कथा बोकेको बताइएको छ । चलचित्र जेठ २५ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्