Light Nepal

हुम्लामा दुर्घटनाग्रस्त मकालु एयरको नाइन एन एजेयु जहाजका पाइलट र को-पाइलटको शव काठमाडौं ल्याइयो

काठमाडौं–हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक्लबुजखर्क भन्ने स्थानमा भएको दुर्घटना ज्यान गुमाएका मकालु एयरका दुई पाइलटको शव काठमाडौं ल्याइएको छ ।

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पाइलटहरु आदीत्यनाथ नेपाली र किरण भट्टराईको शव ल्याइएको हो ।

मकालु एयरको जहाज बुधबार बिहान हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ बाहुन खर्कमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। करिब साढे १२ हजार फिटको उचाईमा रहेको बाहुनखर्कको पाटनमा जहाज तीन टुक्रा भएको अवस्थामा भेटिएको हो।

बिहान ६ : १२ मा सुर्खेत विमानस्थलबाट हुम्लाको सिमिकोट विमानस्थलका लागि उडेको जहाज १५ मिनेटमै सम्पर्कविहीन भएको थियो। बिहान ६:२७ मा नेपालगञ्ज टावरसँग अन्तिम सम्पर्क भएको विमान त्यसपछि सम्पर्कविहीन भएको थियो। बिहान ६ बजेर ५५ मिनेटमा सिमकोटमा अवतरण गर्ने सेड्युल रहेको जहाज लामो समयसम्म बेपत्ता भएपछि विमानस्थल कार्यालय समेत अलमलमा परेको थियो।

प्रतिक्रिया दिनुहोस्