Light Nepal

यस्तो अवस्थामा भेटियो दुर्घटनाग्रस्त मकालु एयरको विमान

काठमाडौं, २ वैशाख । मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान टुक्रा टुक्रा अवस्थामा भेटिएको छ । विमानको अवस्था हेर्दा विमान पहाडमा ठोक्किएर दुर्घटना भएको अनुमान गरिएको छ । विमानका रहेका चालक दलका दुई सदस्य थिए । दुवै जनाको मृत्यु भएको छ ।

विमान खसेको स्थान वरपर विमानले बोकेका सामान र पाटपुर्जा छरिएको अवस्थामा छन् । सामानहरु छरिएर निकै टाढा सम्म पुगेका देखिन्छन् ।
नाइन एन एयूजे कलसाइनको विमानको अग्रभाग मैदानमा धस्सिएको र पछाडिको भाग क्षत विक्षत अवस्थामा छ ।

नाइन एन एयूजे कलसाइनको विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए ।

विमान सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि उडेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्