Light Nepal

इजरायलमा चर्चित साँगितक समुह ‘मन्त्र ब्याण्ड’ आउदै, साथमा गायिका प्रिती आलेले पनि धमाका मच्चाउने (भिडीयसहित)

सुर्य बस्याल, इजरायल – गोर्खा एसोसिएसन इजरायलले विपतमा परेका नेपाली र नेपाली भाषीहरुलाई आर्थिक सहयोग गर्ने उद्येश्यले इजरायलमा सांगेतिक कार्यक्रम गर्ने भएको छ । चर्चित साँगितक समुह ‘मन्त्र ब्याण्ड’लाई आगामी मे १८ तारिखमा इजरायलमा उतार्ने भएको छ । मे १८ तारिख शुक्रबार तेलअभिवमामा भव्य रूपमा साँगितिक सांझको आयोजना गर्ने गोर्खा एसोसिएसनले आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

तेलभिवको तेलअभिव युर्निभरसिटिमा हुने साँगितिक साझ कार्यक्रमबाट संकलित रकमले विपन्न र आपतकालिन अवस्थामा रहेका नेपाली र नेपाली भाषीलाई सहयोग गर्न कोष स्थापना गर्ने उद्येश्य रहेको छ । नेपालमा विपतमा परेका नेपाली र भारतमा रहेका नेपाली भाषीलाई समेत सहयोग गर्ने उद्येश्यले कोष स्थापना गर्न लागिएको गोर्खा इजरायल एसोसियसनका अध्यक्ष किशोर कुमार चौहानले बताए ।


‘ च्यारिटी साँगितिक साझ २०७५’ नामाकरण गरिएको सो साँगितिक साझमा मन्त्र ब्याण्डको साथमा प्रिती आले मगरको पनि प्रस्तुती रहने बताइएको छ । आयोजक सस्था इजरायल गोर्खा एसोसिएसन इजरायलले मे १८ तारिख शुक्रबार कुनै पनि कार्यक्रम नराखि सहयोग गरि दिन इजरायलमा स्थापित सामाजिक सँघ सस्था,राजनितिक दल, जातिय सस्था,लगाएत सबैमा अनुरोध गरेको छ ।


पत्रकार सम्मेलनमा संस्थाका सदस्य अनिल सिङ राजपुतले सांगीतिक कार्यक्रमका लागि टिकट आइसकेको जानकारी दिए । टिकटको दर १ सय ५० रुपैया तोकिएको छ ।
‘भैपरिआउने समस्यामा सहयोग पुर्याउन कार्यक्रम आयोजना गरिएको । नेपाल र भारतमा रहेका नेपाली र दुखी, गरिब तथा समस्यामा परेका नेपाली भाषीलाई लाई सहयोग गर्ने उद्येश्यले कार्यक्रम गर्न लागिएको हो’ उनले भने ।

कार्यक्रममा संस्था स्थापना हुनुको कारण बताउंदै अध्यक्ष किशोर कुमार चौहानले दार्जीलिगंमा नेपाली भाषीको आन्दोलन हुंदा नेपाली भाषी माथि भएको सरकारी दमनका कारण संस्थाको स्थापना गरिएको बताए । सो संगठनमा दार्जिलिगंमा रहेका नेपाली भाषी र इजरायलमा बस्ने नेपालीहरु आबद्ध छन् ।


संगठनले दार्जिलिगंको आन्दोलनमा मारिएकाहरुका परिवारलाई आर्थिक सहयोग पनि गरेको छ । अध्यक्ष चौहानले दार्जिलिगंमा मारिएका सहिद परिवारलाई ५० हजारका दरले र घाइतेका परिवारलाई २५ हजार रुपैयाका दरले आर्थिक सहयोग वितरण गरिएको जानकारी दिए । उनले इजरायलमा आयोजना गरिने कार्यक्रम पनि यस्तै उद्येश्यले गरिएको बताए । ‘ यो कार्यक्रमवाट आम्दानी भएको रकमले नेपाल र भारतको दार्जिलिगंमा रहेका नेपाली भाषीलाई सहयोग गरिनेछ उनले भने नेपालमा भएको दैवि प्रकोप र अन्य विपतमा परेकाहरुलाई सहयोग पुर्याउन आर्थिक सहयोग कोष स्थापना गर्ने कार्यक्रमको मुख्य उद्येश्य हो ।’


यस पत्रकार सम्मेलनमा यसै सस्थाका बिभिन्न प्रतिनिधि, मिडियाकर्मी, इजरायलमा रहेका भिभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थित रहेको थियो । उपस्थित प्रतिनिधिले आफु र आफ्नो सस्थाले सकेको सहायो गर्ने प्रतिबद्धता दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्