Light Nepal

युवासंघका केन्द्रिय सदस्य जुजुको भुमिका: दिनभरी आन्दोलन, राति मनोज पुनलाई सुराकी

बुटवल, ७ बैशाख । गुन्डा नाईके मनोज पुनका सहयोगीहरु धमाधम पक्राउ पर्न थालेका छन । दुई दिन अघि मात्र रुपन्देही प्रहरीले पुनको अपराध यात्रामा सहयोग गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको प्रहरीले पुनलाई सहयोग गरेको भन्दै युवा संघ नेपालका केन्द्रीय सदस्य सुजु मल्ललाई पक्राउ गरेको छ । पुनलाई शुक्रवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

काठमाडौंबाट पक्राउ गरिएको मल्ललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । बुटवल ७ निवासी मल्ल युवा संघका तत्कालिन अध्यक्ष दुर्गा तिवारी र बलु पौडेलको हत्याको समयमा आवरणमा दिनभरी आन्दोलनमा नेतृत्व गर्ने र रात परेपछि सम्पुर्ण सूचना मनोज पुनलाई पठाउने गरेको प्रहरीले बताएको छ ।

ति घटनाका समयमा दल र प्रहरी प्रशासन संगको बैठकमा समेत युवा संघको तर्फबाट सहभागी हुने र बैठकमा भएका सवै सुचना समेत मनोज पुनलाई उपलब्ध गराउदै आएको प्रमाण फेला पारेको प्रहरीले बताएको छ । मनोज पुनको प्रहरी ईन्काउन्टरको समय सम्म समेत मल्लले पुनलाई सुचना उपलब्ध गराएको भेटियो एक अनुसन्धान अधिकृतले भने । युवा संघको संम्मेलनमा भाग लिन गएका मल्ललाई प्रहरीले गए राती करिव ११ बजे काठमाण्डौबाट नियन्त्रणमा लिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्