Light Nepal

मालिन्दो एयरको जहाजका कारण त्रिभूवन विमानस्थलका सबै उडान अवतरण ठप्प

काठमाडौं, ७ वैशाख । मालिन्दो एयरको जहाज रन वे बाट चिप्लिएकाले त्रिभूवन विमानस्थलको उडान र अवतरण ठप्प भएको छ ।

विहीबार राति १० बजेर ७ मिनेटमा काठमाडौंबाट मलेसियाको लागि उड्ने क्रममा रहेको जहाज रन वेबाट झण्डै एक सय फिट दक्षिणतिर गएकाले अहिले सबै उडान र अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार अहिले सेना, प्रहरी र वायु सेवा निगमका कर्मचारीले जहाज हटाउने प्रयास भइरहेको छ ।

जहाज नहटाएसम्म अन्तर्राष्ट्रिय उडान भर्न नसकिने प्रवक्ता ठाकुरले बताउनुभयो । विमानमा रहेका १ सय ३९ यात्रु शकुशल रहेको उहाँले जानकारी दिनुभयो । आन्तरिक उडान भने केहीबेरमा सुरु गर्ने तयारी भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्