Light Nepal

मन्त्री रवीन्द्र अधिकारीले फेरी चाले अर्को कडा कदम, अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा आउने

काठमाडौ – सरकारले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेका हुन्।

सिंहदरबारमा मंगलबार ‘पर्यटन पूर्वाधार विकास’ विषयक अन्तरक्रिया कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलगायत । तस्वीर ः प्रदीपराज वन्त, रासस

उनले सो विमानस्थल २४ घण्टा नै सञ्चालन गर्ने आफ्नो लक्ष्य रहे पनि तत्कालका लागि सम्भव नदेखिएको पनि स्पष्ट पारे। मंगलबार काठमाडौंमा पर्यटनविद्हरूको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ‘एयर स्पेस’ को उचित व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूको समूह बनाउने तयारी गरिएको पनि बताए।

मन्त्री अधिकारीले अब कम्तिमा २५ प्रतिशत योगदान पर्यटन क्षेत्रले दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले बनाइएका योजना कार्यान्वयन नहुँदा नेपालको पर्यटन क्षेत्रले प्रगति गर्न नसकेको पनि स्वीकार गरे।

प्रतिक्रिया दिनुहोस्