Light Nepal

सरकारलाई सघाउंदै विद्यार्थी संगठन, बृहत्त विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने

बुटवल, ४ बैशाख । अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) रुपन्देही बृहत्त विद्यार्थी भर्ना अभियान सुरु गर्ने भएको छ । अनेरास्ववियु केन्द्रीय कमिटिको सर्कुलर अनुसार रुपन्देहीमा पनि विद्यार्थी भर्ना अभियान सुरु हुन लागेको हो ।

आज बसेको जिल्ला कमिटिको बैठकले विशेष भर्ना अभियानका लागि विशेष संयोजन समिति समेत गठन गरेको छ । जसको संयोजक अनेरास्ववियू केन्द्रीय सदस्य सरोज पोखरेलले रहेका छन ।

त्यसैगरी सह संयोजकमा केन्द्रीय सदस्य सृजना क्षेत्री, अनेरास्ववियु रुपन्देहीका निबर्तमान अध्यक्ष बालकृष्ण पाण्डे, सचिवमा जिल्ला कमिटि अध्यक्ष लेखनाथ खनाल र सदस्यहरुमा सम्पुर्ण क्याम्पसका क्याम्पस कमिटि अध्यक्षहरु रहनेछन । बैठकमा नेकपा एमाले जिला सचिबालय सदस्य एवं विद्यार्थी ईन्चार्ज बावुराम पन्थीले अनेरास्ववियुले थालेको यो अभियानलाई पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अभियान अन्तर्गत बैशाख १० गते बुटवलमा बृहत्त अन्तरक्रिया हुने अभियानका संयोजक सरोज पोखरेलले बताए । अन्तरक्रियामा अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष माधव ढुंगेलले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी विद्यालय जानबाट बञ्चित क्षेत्रमा प्रचार प्रसार तथा घरदैलो अभियान गर्ने कार्यक्रम रहेको छ । बैठकले विभिन्न समयमा पुर्न गठित क्षेत्र नगर तथा क्याम्पस कमिटिहरुलाई अनुमोदन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्