Light Nepal

‘मंगोलियन हर्ट’को रजत जयन्ती मनाउन अमेरिकावाट आए राजु लामा, काठमाडौंमा लाइभ कन्सर्ट(भिडियो सहित)

काठमाडौं, ४ वैशाख । ‘मंगोलियन हर्ट’ नामले बढी चिनिने गायक राजु लामा काठमाडौंमा एक कन्सर्टमा जम्ने भएका छन् । मंगोलियन हर्ट २५ वर्ष पुगेको अवसरमा मंगोलियन हर्ट रजत जयन्ती मनाउन लागेको हो । काठमाडौंको चुच्चेपाटी बौं४ स्थित हयात ग्राउण्डमा आगामी वैशाख ८ गते मंगोलियनले रजत जयन्ती मनाउन लागेको हो । सो क्रममा लामाका फ्यानहरुले उनलाई दुई वर्ष पछि फेरी कन्सर्टमा देख्न पाउने भएका छन् । रजत जयन्तीमा मंगोलियनले सांगेतिक कन्सर्ट गर्दैछ ।

संगीतक्षेत्रमा पहिलेजस्तो सक्रिय नभए पनि उनको लोकप्रियता भने अझै घटेको छैन । यही लोकप्रियतालाई क्यास गर्दै तथा नेपाल आएको बेलामा आफ्ना फ्यानहरुका लागि कन्सर्ट गर्न लागेका हुन् । मंगोलियन हर्टले २५ वर्ष पुरा गरेको अवसरमा रजत जयन्ती मनाउन कन्सर्टको आयोजना गर्न लागेको हो । उनी लामो समयदेखि अमेरिका बस्दै आएका छन्।

राजु लामाका ‘हल्ला चलेछ’, ‘उँभो उँभो खासा’, ‘तिमीलाई देखेर’, ‘बादल पारिको देशबाट’, ‘सायद तिम्रो बाटोमा’, ‘मेरो नेपाल’,‘ओई नाना, ‘नतानुँ त तानुँ लाग्ने’, ‘गाजलु टीका’ लगायत गीत चर्चित छन्। मंगोलियन हर्टको रजत जयन्तीको अवसरमा कन्सर्ट गर्दै उनले ७ औं एल्बम पनि सार्वजनिक गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्