Light Nepal

सलमानले विदेश यात्राको स्वीकृति पाएसँगै नेपाल आउने पक्का भयो, यसकारण आउँदैछन केही समयमा नेपाल

काठमाडौं, ४ बैशाख । कृष्णसारको शिकारको आरोपमा बलिउड अभिनेता सलमान खानलाई अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियो । त्यसै कारवाही अन्तर्गत सलमानले २ दिन जेलमै बिताएका थिए । दुई दिनको जेल बसाईपछि सलमान जमानतमा जेलबाट रिहा भएका थिए । जेलबाट बाहिर आएलगत्तै मुम्बई फर्किएका सलमान अहिले आफ्नो नियमित काममै व्यस्त भएका छन् ।

कालो हरिणको मुद्दा चलिरहेकाले सलमानले कुनै कार्यक्रममा विदेश जान समेत अदालतको स्वीकृति लिनुपर्ने हुन्छ । सलमानले चार देशको यात्राको लागि अनुरोध गरेको निवेदनलाई जोधपुरको जिल्ला र सेसन अदालतले स्वीकृत गरिदिएको छ । अब सलमान क्यानडा, नेपाल र अमेरिकामा मे २५ देखि जुलाई १० सम्मको समयमा यात्रा गर्न सक्नेछन ।
सलमान अहिले केवल जमानतमा जेलबाट छुटेका हुन् । तर उनलाई लागेको आरोपबाट भने अझै निर्दोष सावित भएका छैनन् । सलमानले भारत बाहेकका देशहरुमा यात्रा गर्नका लागि अदालतको स्वीकृति लिनुपर्नेछ ।
जेलबाट बाहिर आए लगत्तै सलमान फिल्म ‘रेस ३’ को बाँकी रहेको काम सकेर फिल्म ‘भारत’को छाँयाकंनमा व्यस्त भएका छन । यस्तै, सलमान फिल्म ‘किक २’ र ‘दवंग ३’ को छाँयाकंनमा व्यस्त हुनेछन । यी चारैवटा फिल्मको अधिकांश दृश्य विदेशमा छाँयाकंन हुने भएका कारण सलमानले अदालतको स्वीकृतिका लागि निवेदन पेश गरेका छन । त्यसको सुनुवाई मे ७ मा हुनेछ । जुन समयमा सलमान स्वंयमले अदालतमा हाजिर हुनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्