Light Nepal

मधेशमा ‘डोम’को अभिभावक बन्दै प्रधानमन्त्री ओली

काठमाडौं, ४ वैशाख । मधेश प्रति आक्रामक देखिएका प्रधानमन्त्री केपी शर्मा ओली बुधवार अभिभावक बन्न मधेश झर्दैछन्। कुनै औपचारीक कार्यक्रम बिना नै मधेश जान लागेका प्रधानमन्त्रीले त्यहां अभिभावकत्व ग्रहण गर्ने छन् ।

विद्यालय भर्ना अभियान अन्तर्गत अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्नाका लागि प्रधानमन्त्री ओली सिरहा जाने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

सिरहाको कल्याणपुर नगरपालिकास्थित रामदुलारी मा।वि।मा विद्यार्थी भर्नाका लागि सिराहा जान लागेका हुन् । प्रधानमन्त्री ओलीले कल्याणपुर–११ का भोगेन्द्र मल्लिकका छोरा पवन मल्लिक (डोम) र दिनेश खत्वेकी छोरी रुपाकुमारी खत्वेको अभिभावकत्व गर्दै विद्यालय भर्ना गर्ने कार्यक्रम छ।

उनीहरुलाई विद्यालयमा भर्ना गर्ने मात्र होइन प्रधानमन्त्री ओलीले न्युनतम आठ कक्षासम्म पढाउनका लागि सम्पूर्ण खर्चको जिम्मेवारी समेत लिएका छन् । यसअघि प्रधानमन्त्री ओली र ओली पत्नि समेतले कर्णालीका बालबालिकाको अभिभावकत्व लिएका छन्। सरकारले सबै नेता, उच्च पदस्थ व्यक्तित्व, कलाकार तथा सामाजिक अभियन्ता सबैलाई विद्यालय बाहिर रहेका बालकालिकालाई भर्ना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्