Light Nepal

सलमान खानले सुरु गरे फिल्म सुटिङ्ग, अमेरिकावाट आइन् प्रियंका

एजेन्सी । कालो हिरण मारेको अभियोगमा दुई रात प्रहरी हिरासतमा बिताएका बलिउड सुपरस्टार सलमान खान फिल्मी दुनियामा फर्किएका छन् । उनी नयां फिल्मको सुटिङ्गमा ब्यस्त हुन थालेका हुन् । खानको आगामी फिल्म ‘भारत’ को सुटिङ सुरु भएको छ । भारतमा उनीसँग नायिका प्रियंका चोपडा फिल्माम देखिने भएकी छन् । प्रियंका लामो समय पछि भारतिय फिल्ममा देखिन लागेकी हुन् ।

झण्डै दुई वर्ष बलिउडबाट टाडा रहेकी नायिका प्रियंका चोपडा ‘भारत’ बाट बलिउडमा कमब्याक गर्दैछिन् । उनी अमेरिका बस्दै आएकी थिइन् । अमेरिकन टीभी सिरिज ‘क्वान्टिको’ का लागि उनी दुई वर्ष देखि न्यूयोर्कमा थिइन् । दुई वर्ष पछि भारत आएकी प्रियंका निर्देशक अली अब्बासद्वारा निर्देशित चलचित्रमा सलमान खानसँगै देखिन लागेकी हुन् ।

सलमान र प्रियंकाले ‘मुझसे शादी करोगी’, ‘सलाम–ए–इश्क’ तथा ‘गड तुस्सी ग्रेट हो’ मा सँगै काम गरेका छन् । उनीहरु झण्डै १० वर्षपछि ठूलो पर्दामा सँगै देखिन थालेका हुन् ।

प्रियंकाले सलमान र निर्देशक अलीसँग काम गर्न पाउँदा आफू निकै खुशी भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्