Light Nepal

सरकारी अधिकृतलाई लालबाबुले दिए यस्तो निर्देशन

काठमाडौं, ४ वैशाख । ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित तालिममा सहभागि १५३ अधिकृतलाई मंगलबार सामान्य प्रशासन तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले प्रमाणपत्र वितरण गरे ।

३२ औं आधारभूत प्रशासन प्रशिक्षण तालिम समापन तथा प्रमाणपत्र वितरण समारोहमा बोल्दै मन्त्री पण्डितले प्रशिक्षणबाट सिकेका ज्ञान तथा सिपलाई सहि ठाउँमा प्रयोग सदुपयोग गर्न निर्देशन दिए ।

उनले अनुचित लाभको लागि नोटको बाकस बोकेर ठूला मान्छेको घरघरमा धाउने काम नगर्न सचेत गराउँदै कार्यसफलताको शुभकामना समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्