Light Nepal

यस्तो नयाँ ट्वीस्टको साथमा सुरु भयो ‘बिग बोस १२’को अडिसन

काठमाडौं, ४ वैशाख । भारतीय टेलिभिजनको सबैभन्दा बढि कन्ट्रोभर्सीमा आउने रियालिटी शो ‘बिग बोस’को १२औँ सिजनको अडिसन नयाँ ट्वीस्टको साथमा सुरु भएको छ ।
कलर्स च्यानलको ट्वीटर ह्याण्डलमा यो कुराको जानकारी दिएको हो । जानकारीका अनुसार यो पटकको अडिसन जोडीको साथमा हुनेछ । पहिला सिंगल भएको रियालिटी शो अहिले भने जोडीको रुपमा हुने भएको छ । बिगबोसमा अब धमाल मच्चाउनको लागि जोडीको साथमा आउनुपर्ने छ ।

अक्टोबरमा सुरु हुने ‘बिगबोस १२’को प्रतिस्पर्धीहरु छान्नको लागि समय लाग्ने भएकोले शो को अडिसन अहिले नै खोलिएको हो । शो लाई कसले होस्ट गर्ने भन्नेबारेमा भने च्यानलले अहिलेसम्म केहि पनि बताएको छैन । यदि शोलाई सलमानले नै होस्ट गर्ने भएभने उनले आफ्नो बिजी समयतालिकाबाट समय निकाल्नुपर्ने हुन्छ । सलमान अहिले ‘रेस ३’को सुटिङमा ब्यस्त छन् भने त्यसपछि उनी ‘दबंग ३’को सुटिङमा लाग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्