Light Nepal

बैशाख ९ गते हुने भनिएको पार्टी एकता यसरी टर्यो

काठमाडौँ, ४ वैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते पार्टी एकता नहुने भएको छ । मंगलबार बिहान पार्टी एकता संयोजन समितिको बैठकमा विवादित विषयलाई टुंगोमा पर्याउन नसकेपछि वैशाख ९ मा हुने भनिएको पार्टी एकता टरेको हो । पार्टी एकताका विवादित विषय टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार विहान बैठक बसेको हो । पार्टी एकता संयोजन समितिको बैठकले विधान तथा संगठनात्मक प्रतिवेदनलाई अन्तिम रुप दिन नसकेकाले ९ गते एकता नहुने भएको हो । त्यसको जिम्मा बैठकले दुई पार्टीका अध्यक्षलाई दिएको छ । मंगलवारको बैठकले एकता संयोजन समितिले बुझाएको प्रतिवेदन र दिएका सुझाव ग्रहण गरेको छ ।

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित संयोजन समितिको बैठकमा प्रतिवेदन र सुझाव पेश गरिएको हो । प्रधानमन्त्रीको भारत भ्रमण अगावै एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने बताइए पनि काम भने हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्