Light Nepal

विवाहको १९ दिनअघि नै रेसलर जोन सिना र निक्कीबीचको प्रेम ब्रेकअप, बिवाह हुनै लागेको यो जोडियो अन्तिममा यसरि बिग्रियो सम्बन्ध

काठमाडौं – डब्लुडब्लुई स्टार जोन सिना र निक्की बेलाले आफूहरु सम्बन्धबाट अलग भएको घोषणा गरेका छन् । ‘यो निर्णय निकै कठिन थियो । एकअर्काप्रति हाम्रो माया र सम्मान कायम रहनेछ,’ निक्की बेलाले ट्वीटरमा वक्तव्य जारी गर्दै लेखेकी छन् । दुवै जनाले गत अप्रिल २०१७ मा इन्गेजमेन्ट गरेका थिए भने आगामी ५ मे मा विवाह बन्धनमा बाँधिदै थिए ।

जोन सिना र निक्की बेला दुवै डब्लुडब्लुईका चर्चित सुपरस्टार हुन् । पूर्व च्याम्पियन रहेका दुवैले आफ्नै रियालिटी शो टोटल बेलाज पनि चलाएका थिए । फ्लोरिडामा भएको रेसलमेनिया ३३ का दौरान गत वर्ष जोडी खेलपछि जोन सिनाले बेलालाई विवाहको प्रस्ताव गरेका थिए ।

दुवै जना केही दिनअघि मात्र सँगै देखिएका थिए । यसले डब्लुडब्लुईका फ्यानहरु आश्चर्यचकित बनेका छन् । जोन सिनाले हलिउडमा पनि राम्रो करियर बनाएका छन् । उनको नयाँ चलचित्र बलकर्स आउँदैछ । यता, जोन सिनाले आफ्ना इन्सटाग्राममा ‘अहिलेसम्मकै खराब दिन’ भनेर लेखेका छन् । रेस्लिङ फ्यानहरुले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु जनाइरहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्