Light Nepal

श्रीमतीलाई डिभोर्स, छोरीलाई गर्भवती, आफ्नै छोरा र छोरीको गोली हानी हत्या

काठमाडौं, ४ वैशाख । एजेन्सी – आफ्नी छोरीसँग कसैले शारीरिक सम्बन्ध राख्ने कल्पना पनि गर्न सक्ला ? अमेरिकाको कनेक्टिकटस्थित न्यू मिलफोर्ड टाउनमा स्टीवन प्लाडले आफ्नी श्रीमतीलाई डिर्भोस दिएर आफ्नी १९ वर्षे छोरीलाई गर्भवती बनाएका छन् ।

श्रीमती हुँदाहुँदै छोरीसँग अवैध सम्बन्ध राखेका स्टीवनले गर्भवती भएपछि श्रीमतीलाई डिभोर्स दिए र छोरी सँग विहे गरी वैधानिक रुपमै श्रीमती बनाएको अमेरिकी समाचार संस्थाहरुले खबर छापेका छन् ।

तर उनकी छोरीले पनि यसरी धोका दिइन् जसरी उनले आफ्नी जेठी श्रीमती अर्थात आमालाई धुरुधुरु रुवाएर डिर्भोस दिएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विहेपछि छोरी अर्थात नयाँ श्रीमती केटीले बच्चा जन्माइन् ।

बच्चा जन्माएको ७ महिनासम्म सम्बन्ध ठिकै चलेपनि आफ्नो बाबुलाई पति बताएकोमा चिन्ता भोग्दै आएकी उनले अर्को पुरुष पाउँदासाथ बाबु अर्थात पतिलाई छाडिदिइन् ।

आफूलाई छाडेपछि तनावमा परेका स्टीवनले केटी, बच्चा र शरण दिने पुरुषको उनकै घरमा नै गएर गोली प्रहार गरी हत्या गरेका छन् । त्यसपछि स्टीवनले आँफैलाई गोली प्रहार गरी प्राण त्यागेका छन् ।

प्रतिक्रिया दिनुहोस्