Light Nepal

म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा भन्छन्, “हिजो देशका लागि हिरो थिए आज जिरो भए” भन्दै भावुक भए (भिडियो सहित)

काठमाडौ – म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा प्रहरी फन्दामा परेको केहि बर्ष भैसक्यो । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा थापासहित ५ खेलाडी पक्राउ परेकाथिए ।

उनीसँगै पक्राउ पर्नेमा विकाससिंह क्षेत्री, सन्दिप राई, रितेश थापा र प्रशिक्षक अञ्जन केसी रहेका थिए ।खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेपछि एसियाली फुटबल महासङ्घ (एएफसी) ले आजीवन प्रतिबन्ध लगाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले गत वर्षको असोज २७ मा म्याच फिक्सिङ (खेल मिलेमतो) गरेको आरोपमा तत्कालीन कप्तान थापासहित क्षेत्री, रितेश, सन्दिप तथा प्रशिक्षक केसीलाई पक्राउ गरेको थियो । झन्डै एक महिना गहिरो अनुसन्धानपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यतिबेलको अनुसन्धानअनुसार उनीहरूले सन् २००८ मा भएको मर्डेका कपमा अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल्ने सर्तमा प्रतिखेलाडीले ५ हजार अमेरिकी डलर, सन् २००९ को साफ च्याम्पियनसीपमा जम्मा तीन हजार ६१ अमेरिकी डलर लिई दामासाहीले बाँडेको, सन् २०११ मा मलेसियासँगको मैत्रीपूर्ण खेलमा शुन्य बिरुद्ध दुई गोलले खेल हार्ने सर्तमा प्रतिखेलाडी पाँच हजार अमेरिकी डलर लिएको अनुसन्धानका क्रममा खुलेको थियो ।

त्यस्तै सन् २०११ मा फिलिपिन्ससँग भएको मैत्रीपूर्ण खेलमा प्रतिखेलाडी ५ हजार डलर, सन् २०१२ मा भारतमा भएको नेहरू कपअन्तर्गत क्यामरुनसँग शुन्य विरुद्ध चार गोलले हार्ने सर्तमा प्रति खेलाडी ५ हजार डलर लिने गरी सर्त भएकोमा खेलको अन्ततिर गोल किपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा शुन्य विरुद्ध पाँच गोलले हारेकाले रकम नपाएको लगायतका अभियोगहरू खुल्न आएको थियो ।

म्याच फिक्सिङ प्रकरणमा पक्राउ परेका पाँचै खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घलेसमेत त्यतिबेला नै निम्बलन गरेको थियो ।असोज २७ मा पक्राउ परेका उनीहरुलाई कात्तिक २४ गते विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यद्वय भूपेन्द्रप्रसाद राई र महेशप्रसाद पुडासैनीको इजलासले गोलरक्षक थापा र पूर्व प्रशिक्षक केसीलाई रु पाँच÷पाँच लाख, कप्तान थापालाई रु एक लाख ५० हजार तथा उपकप्तान राई र क्षेत्रीलाई रु ५०÷५० हजार धरौटीमा रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्