Light Nepal

पार्टी एकता संयोजन समितिको बैठक जारी, को–को छन् बैठकमा ?

काठमाडौं, ४ वैशाख । एकता प्रक्रियाका मिल्न बाँकी विषयमा छलफल गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ ।

यही वैशाख ९ गते सकेसम्म एकताको तयारीमा रहेका दुई दलबीच कार्यदलहरुबाट प्राप्त प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ । एकता समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागि छन् । समितिमा रहेकामध्ये एमालेका वरिष्ठ नेता झलनाथ खनालबाहेक दुवै दलका शीर्ष नेता बैठकमा सहभागी छन ।

प्रतिक्रिया दिनुहोस्