Light Nepal

पानी तान्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु, ८ जना घाइते

धादिङ, ४ वशाख । धादिङमा पानी तान्ने मोटरवाट लागेको करेण्टले एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मंगलबार बिहान उनीहरुलाई करेन्ट लागेको हो । करेन्ट लागेर १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भिर छ । जिल्लाको थाक्रे गाउँपालिका महादेवबेसीमा पानी तान्ने क्रममा करेन्ट लाग्दा स्थानीय टिकीमाया तामाङको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय खानीखोलाले दिएको जानकारी अनुसार, घाइतेमध्ये गम्भिर ३ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । प्रहरीले घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्