Light Nepal

कपिलकी फूपुुले पनि साथ छोडिन, सबै साथी सुनील ग्रोबरसँग पुगे

काठमाडौं, ४ वैशाख । कपिल शर्मा पछिल्ला दिन आफ्नो स्वास्थ्यका कारण समस्यामा छन् । नयाँ टेलिभिजन शो पनि बन्द भएको छ जसका कारण सानो पर्दाबाट उनी टाँढिएका छन् ।

कुनै समय कपिलका सहायक भएका सुनील ग्रोबर आफ्नो नयाँ शो ‘धन धना धन’ को कारण वाहावाही कमाइ गरेका छन् ।

हालसालै सुनीलको यस शोमा कपिल शर्माकी फूपु उपासना सिंहसमेत सहभागी भएकी छिन् ।

फूपु अली असगरका साथ नयाँ शोमा पुरानो अवतारमा देखा परेकी छिन् ।

उपासना सिंहलाई शोमा प्रीति सिमोनकी बहिनी नीतिले प्रवेश गराएको जानकारी दिएकी थिइन् ।

प्रीति सिमोन तथा कपिल शर्माबीच सम्बन्धमा दरार उत्पन्न भएको नयाँ विषय होइन ।

उनी कपिलकी पूर्व प्रेमिका तथा शो की क्रिएटिव हेड भइसकेकी थिइन् ।

सुनील ग्रोबरको नयाँ शोमा कपिल शर्माको पुरानो टीम पुगेको छ । जसमा सुगन्धा मिश्रा, अली असगरको नाम पनि समावेश छ । क्रिकेट कमेडीमा बनेको यो शोलाई फ्यानले खासै मन नपराएको भारतीय सञ्चारमाध्यमहरुमा समाचार छ ।

कपिल शर्माको शो आजभोलि एक महिनाको लागि बन्द भएको छ । उनको जीवन मुस्किल अवस्थामा पुगेको र विवादले उनको पिछा नछोडेको समाचारहरु सार्वजनिक भएका छन् ।
बलिउड हंगामाको एक रिपोर्ट अनुसार कपिल आजभोलि उच्च डोजको औषधि प्रयोग गरिरहेका छन् । उनी दैनिक करिब २३ चक्की औषधि सेवन गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्