Light Nepal

एकताका विषयमा निर्णायक वार्तामा बस्दै एमाले–माओवादी, के होला आज ?

काठमाडौं, ४ बैशाख । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच पार्टी एकताका लागी बनेको एकता संयोजन समितिको बैठक मंगलबार बस्न लागरिहेको छ । सोमबार माओवादी अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिच २ घण्टा लामो संवाद भएपनि विवादीत विषयमा सुहमति जुटेको छैन ।

एमाले चुनावी अभियानमा जस्तै ६०/४० को अवस्थामा पार्टी एकताको छलफल गर्ने तयारीमा रहेको छ भने माओवादी बराबरीको एजेण्डामा । अरु विषय मिले चुनाव चिन्हका बारेमा माओवादी लचक रुपमा प्रस्तुत हुने तयारीमा रहेको माओवादी नेताहरुले बताउने गरेका छन् ।

एमाले भने सुर्य चिन्ह नै हुनुपर्ने तर जनयुद्धका विषयमा लचक हुने तयारीमा छ । यस्तो अवस्थामा नमिल्ने विषय फेरी पनि संगठनात्मक र नेतृत्वकै सवाल हो । बराबरी हैसियत नभए नमान्ने माओवादी र बरबरी भए नमान्ने एमाले अडानका बिच हुने आजको बैठकले निष्कर्ष निकाल्ने सम्भावना भने न्युन रहेको एमालेका एक नेता बताउँछन् ।

बैठक मंगलबार ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागिरहेको छ । एकता संयोजन समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्