Light Nepal

प्रदेश नं ५ सरकारले प्रस्तुत गरेको बजेट पास

बुटवल, ३ बैशाख । प्रदेश नं। ५ सरकारले प्रस्तुत गरेको बजेट आज पास भएको छ । दुई सम्म संसदमा छलफल भएपछि आज बसेको संसदको बैठकले बजेट पास गरेको हो । चार दिन अघि सरकारले प्रस्तुत गरेको तीन महिने बजेटमा आईतबार देखि छलफल सुरु भएको थियो ।

आजको संसद बैठकमा पनि सांसदहरुले बजेटले सवैलाई समेटन नसकेको बताएका थिए । संसदमा उठेका विषयहरुको जवाफमा मुख्यमन्त्री शंकर पोखरेलले असारमा ल्याउने बजेटमा सम्पुर्ण विषयहरु समेटिने बताए । प्रदेशका सवै विषयहरुलाई तीन महिनाको १ अर्ब २ करोडको बजेटमा समेटिएको भएपनि केही थप्नुपर्ने विषयलाई असारको बजेटमा थप गर्ने उनले बताए ।

प्रतिपक्ष सांसदले भने सरकारले झारा टार्नेगरी मात्र बजेट ल्याएको संसदमा बताएका थिए । बैठकमा बोल्दै सांसद बलदेव शर्मा पोखरेलले सरकारले छलफल नै नगरी बजेट ल्याएको भन्दै बजेटमा सवैका विषयहरुलाई समेटनुपर्ने बताए । उनले सहिद आलोक कुमार शर्माको स्मृतिमा उनको शालिक जिल्लामा राख्नुपर्ने बताए । त्यसैगरी सांसद ईन्द्र प्रसाद पोखरेलले प्राथमिकताका आधारमा बजेट समाबेश नभई हचुवाको भरमा विषयहरु बजेटमा पारेको आरोप लगाए । बैठकमा सांसदहरु कृष्णध्वज खड्का, कृष्ण न्यौपाने, कुल प्रसाद पोखरेल, सन्तोष कुमार पाण्डे, खड्ग बहादुर खत्री र रमा अर्यालले बोलेका थिए । संसदको अर्को बैठक बैशाख १२ गते दिउसो १ बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्