Light Nepal

विदेशका जेलमा रहेका नेपालीका लागि श्रममन्त्री विष्टलेले गरे मनछुने घोषणा

काठमाडौं,३ वैशाख । विदेशका जेलमा रहेका नेपाली कामदारले राज्यको तर्फबाट निःशुल्क कानूनी सहायता पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विदेशस्थित जेलमा रहेका नेपाली कामदारको प्रतिरक्षाका लागि कानूनी सेवा प्रदान गर्ने जानकारी दिएका हुन् । निर्दाश नेपालीहरु विदेशी जेलमा कष्टकर जिवन बिताइरहेको हुंदा उनीहरुका लागि सरकारले सहयोग गर्ने ब्यवस्था मिलाएको ।

मन्त्रालयमा सोमबार भएको पत्रकार सम्मेलनमा मन्त्री विष्टले सो जानकारी दिएका हुन् । विदेशका जेलमा रहेका नेपाली कामदार कानूनी उपचार पाउन नसकेर थप पीडित बनेको भन्दै यस्तो योजना ल्याइएको मन्त्री विष्टले बताए । मन्त्रालयका अनुसार कतार, साउदी अरब, युएई लगायतका खाडीका देशहरु, मलेसियाका विभिन्न देशका जेलहरुमा झण्डै पाँच सय नेपाली जेल सजाय भोगिरहेका छन् ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट पीडित कामदार र तिनका परिवारलाई दिँइदै आएको सेवा सुविधा स्थानीय तहबाटै दिइने भएको छ । मन्त्री विष्ट र बोर्डका प्रतिनिधिको वैठकले प्रदेशमा र आवश्यकता अनुसार स्थानीय तहबाट क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । केन्द्रिकृत हुँदा सेवा पाउने परिवारलाई समय र खर्चका व्ययभार प्रक्रिया आदि धेरै झञ्झट हुने गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवको नेतृत्वमा अर्थ, संघीय मामिला सामान्य प्रशासन, गृह मन्त्रालय, वैदेशिक रोजगार व्यवसायी संघ र बोर्डको प्रतिनिधि रहने समितिले एक महिनाभीत्रमा यो काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्