Light Nepal

परराष्ट्रमन्त्री ज्ञवाली विना एजेण्डा चीन भ्रमणमा, जिनपिङ नेपाल नआउने !

काठमाडौं,३ वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिना एजेण्डा नै चीन भ्रमणमा निस्किन लागेका छन् । उनले चनि भ्रमणका क्रममा कुनै ठो एजेण्डा नभएको स्वीकार गरेका छन् ।

उनले बूढीगन्डकी जलविद्युत् परियोजनाकोबारेमा चीन सरकारसँग कुनै छलफल नहुने स्पष्ट पारे । उनी चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा ६ दिने चीन भ्रमणमा जान लागेका हुन् । जानुपूर्व सोमबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्ञवालीले बूढीगन्डकी जलविद्युत् परियोजनाबारे चीन सरकारसँग छलफलको कुनै एजेन्डा नभएको स्पस्ट पारेका हुन् ।

सूत्रहरुले दिएको जानकारी अनुसार आजैमात्र चीनीयाँ पक्षले परराष्ट्रमन्त्री ज्ञवालीलाई चीनीयाँ राष्ट्रपति सि जिनपिङ २०१८ मा नेपाल नआउने जानकारी समेत गराएको छ । वर्तमान सरकारले चीनलाई बेवास्ता गरेको भन्दै चीनीयाँ पक्षले फोन गरेर नै मन्त्री ज्ञवालीलाई यस्तो जानकारी गराएको स्रोतको दाबी छ ।

चीन उड्नुअघि मन्त्रालयमा आज विशेष पत्रकार सम्मेलन गर्दै मन्त्री ज्ञवालीले बूढीगन्डकी परियोजनाबारे पूर्ववर्ती सरकारले गरेको निर्णय अध्ययनको चरणमा रहेको स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्