Light Nepal

सन्दीप सहभागी टिम दिल्लीले चौथो खेलमा आज कोलकत्तासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा आफ्नो चौथो खेलमा सोमबार ९आज० कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ । अहिले सम्मको खेलमा दिल्लीले दुई खेल हारेको छ भने एक खेलमा जित हासिल गरेको छ । सोमवारको खेल नेपाली समयअनुसार ८ बजेर १५ मिनेटवाट सुरु
हुनेछ ।

कोलकत्ताको इडन गार्डन्समा हुने खेलमा दुबै टिम जितको खोजीमा हुनेछन् । दिल्ली गौतम गम्भिरको कप्तानीमा मैदानमा उत्रिँदैछ भने कोलकत्ता दिनेश कार्थिकको कप्तानीमा छ ।

दुबै टिमले समान ३ खेल खेल्दै १ खेलमा जित र २ खेलमा समान हार बेहोरेका हुन् । तर, नेटरन रेटको आधारमा कोलकत्ता आईपीएलको पाचौँ स्थानमा छ । यता, दिल्लीभने सातौँ स्थानमा छ । छैटौ स्थानमा रोयल च्यालेन्जर्स बेंग्लोर रहेको छ भने आईपीएलको शीर्ष स्थानमा ३ खेलमा शतप्रतिशत नतिजा निकालेको सनराइजर्स हैदरावाद रहेको छ । त्यस्तै, दोस्रो स्थानमा किंग्स इलाभेन पञ्जाब, तेस्रो स्थानमा चेन्नाई सुपर किंग्स र चौथो स्थानमा राजस्थान रोयल्स रहेका छन् ।

दिल्लीमा ग्लेन म्याक्श्वेल, क्रिस मोरिस, ड्यानियल क्रिस्टेयन, सन्दीप लामिछाने, जासन रोय, टे«न्ट बोल्ट, कोलिन मुनरो र लिआम प्लुंकेट गरी दिल्लीमा ८ जना विदेशी खेलाडी छन् । यी मध्ये ४ खेलाडीले आजको खेल खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्