Light Nepal

मनोमानी रकम अशुल्दै निजी विद्यालय

बुटवल, ३ बैशाख । निजी लगानीमा सञ्चालित विद्यालयहरुले मनोमानी रुपमा अभिभाकबाट वार्षिक शुल्कको नाममा पैसा असुल्दै आएका छन् ।
वार्षिक शुल्कको नाममा नीजि विद्यालयहरुले वर्षेनी पैसा उठाउंदै आएका छन् । निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को तथ्यांकअनुसार देशभर साढे ६ हजार निजी विद्यालय सञ्चालनमा छन् । त्यस्तै रुपन्देहीमा ३ सय ४८ विद्यालय छन् । यि सबै विद्यालयले वार्षिक शुल्कको नाममा मनोमानी पैसा उठाउंदै आएका छन् । एक पटक भर्ना भएका विद्यार्थीलाई वर्षेनी नयां भर्ना भन्दै चर्को शुल्क उठाउने गरेका छन् ।

अभिवकहरुले यस विषयमा कुरा उठाउंदा नीजि विद्यालयहरुले कूनै सुनुवाई गरेका छैनन । विद्यार्थीलाई पटकपटक भर्नाको नाममा शुल्क नउठाउन आग्रह गर्दापनि कसैले नसुनेको अभिभावक संघ रुपन्देहीका सचिव हेम थापाले बताए । प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले रुपन्देहीमा गुणस्तरको आधारमा वार्षिक शुल्क लिने गरिएको बताए । अभिभावकहरु अनविज्ञ भएको आरोप लगाउंदै अन्यत्र भन्दा रुपन्देहीमा वार्षिक शुल्क कम उठाउने गरिएको बताए । उनले दुई महिनाको माशिक शुल्क बराबर वार्षिक भर्ना शुल्क उठाउन ऐनले छुट दिएको बताए । अध्यक्ष पौडेलले दिएको अधिकार भन्दा २, ३ सय रुपैयां शुल्क बढी उठाईएको हुन सक्ने स्वीकार गरेका छन् । देश नयां संरचनामा गएसंगै अहिले स्थानीय तहले शिक्षा क्षेत्र हेर्ने गरेको छ । शिक्षा क्षेत्रमा भएको वेथिति रोकी शिक्षाको पहुंच सर्वसाधारण सम्म सहज रुपले पुराउने उद्वेश्यले बुटवल उपमहानगरपालिकाले नगर शिक्षा ऐन बनाई सकेको छ ।

नगर शिक्षा ऐनलाई कार्यान्वयनमा ल्याएर शिक्षा क्षेत्रलाई परादर्शी बनाईने बुटवल उपमहानगरपालिकाका शिक्षा विभाग प्रमुख लोकराज पन्थीले बताए । एक पटक भर्ना भएका विद्यार्थीलाई पटकपटक भर्ना शुल्क ल्याउन नपाईने नगर शिक्षा ऐनले स्पष्ट व्याख्या गरेकाले प्रत्येक वर्ष भर्ना शुल्क ल्याउन नपाईने बताए ।
नगर शिक्षा ऐन बनेपनि नियमावली नबनेकाले मात्र कारवाहीलाई अगाडी बढाउन नसकिएको र नियमावली बनेपछि प्रत्येक वर्ष भर्ना शुल्क ल्याउने विद्यालयहरुलाई कारवाही गरिने शिक्षा विभाग प्रमुख पन्थीले बताए । उनले एक पटक भर्ना भएको विद्यार्थीलाई प्रत्येक वर्ष भर्ना शुल्क ल्याउन नपाईने नगर शिक्षा ऐनले स्पष्ट व्याख्या गरेको बताएका छन् ।

बुटवल उपमहानगरपालिका शिक्षा विभागले अहिले विद्यार्थी भर्ना र विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन सार्वजनिक रुपमा आह्वान गरेको छ । बालबालिकालाई शिक्षाको पहुंचमा पुराउनका लागि उपमहानगरपालिकाले एक बालबालिकाको भर्ना मेरो सामाजिक दायित्व पुहंचको सुनिश्चितता र सिकाईको स्थायित्व भन्ने नारासहित अभियान चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्