Light Nepal

लक्ष्मी बैंकले ल्यायो क्यास ब्याक अफर

काठमाडौं, ३ बैशाख । नयाँ वर्ष २०७५ को शुभ अवसरमा लक्ष्मी बैंकले आफनो भिजा कार्ड प्रयोगकत्र्ताकलागि क्यास ब्याक अफर ल्याएको छ । बैंकले आइतबार प्रेस विज्ञप्ती जारी गर्दैै आफ्नो नयाँ अफर सार्वजनिक गरेको हो ।

बैंकका ग्राहकले नेपाल तथा भारतमा कार्ड मार्फत अनलाईन पसबाट जुनसुकै किसिमको खरिदमा १० प्रतिशत वा एक हजार रुपैयाँसम्म रकम पुनः फित्र्ता हुने क्यास ब्याकको व्यवस्था गरेको छ । यो ब्यवस्था अप्रिल १५, २०१८ देखि मे १५, २०१८ सम्म कम्तीमा ३ पटक सम्म कार्ड प्रयोग गर्ने ग्राहकहरुले यो सुबिधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यसका साथै बैकले यस अवधि भर खोलिने नयाँ खाताहरुमा ई–बैंकिङ प्याकेज अन्तरगत एक हजार रुपैयाँसम्मको बैकिङ्ग सेवाहरु जस्तै भिजा डेबिट कार्ड ,मोबाइल मनि र इन्टरनेट बैकिङ्ग सेवा निशुल्क उपलब्ध समेत गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्