Light Nepal

‘डमरुको डन्डीबियो’ले यसरी गर्दैछ चलचित्रको प्रचारप्रसार

काठमाडौं, ३ बैशाख । पशुपति प्रसाद अभिनेता खगेन्द्र लामिछानेको फिल्म बैशाख २१ गतेबाट देशभर र अष्ट्रेलियामा रिलिज हुने तय भएको छ । फिल्म डमरुको डन्डीबियो टिम यतिबेला मोफसल टुरबाट राजधानी फर्किएको छ । पोखरा, बुटवल, नारायणढ र धरानको झण्डै एक हप्ताको यात्रापछि फिल्म युनिट यसै साता राजधानी फर्किएको हो । फिल्मको प्रचार अब राजधानी आसपासका क्षेत्रमा केन्द्रित रहनेछ ।

मोफसल प्रचारमा लेखक तथा अभिनेता खगेन्द्र लामिछाने, निर्माता तथा कलाकारको टोली थियो । डमरुको डन्डीबियो टोली अब राजधानीको प्रचार प्रचारमा केन्द्रित हुनेछ । गत सातादेखि राजधानीका मुख्य मुख्य मल र चोकमा ठ्याक लगाउँने प्रतिस्पर्धा चलिरहेको छ । बैशाख २१ गतेदेखि प्रदर्शनमा आउने डमरुको डन्डीबियोको शिर्ष गीत र प्रोमो सार्वजनिक गरिएको छ । यतिबेला प्रोमोले प्रशंसा पाइरहेको छ । राष्ट्रिय खेलबाट समेत हटाइएको डन्डीबियो खेललाई फिल्ममा उठाइएको विषयले दर्शकको ध्यान तानिरहेको छ ।

समृद्दी ईन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्मलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा खगेन्द्रसँगै अभिनेता अनुप बराल, अभिनेत्री मेनुका प्रधान, कलाकारहरु बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी वर्देवा, मिश्री थापा लगायतको अभिनय छ । फिल्मलाई विनोद गुरुङ र नोर्वु छिरिङ घलेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्