Light Nepal

ओली-प्रचण्डको ‘वान टु वान वार्ता’ सकियो, यस्तो भयो सहमति

काठमाडौं, ३ बैशाख । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका विषयमा एक्लाएक्लै वार्ता भएको छ ।
दुईजना शीर्ष नेताहरुबीच १० दिनपछि पार्टी एकताको विषयमा छलफल भएको हो । एमाले अध्यक्ष ओली र प्रचण्डबीच झण्डै एक घण्टा छलफल भएको थियो ।
हिजो सिन्धुपाल्चोकको सुकेटे पुगेका प्रचण्ड आज त्यतैबाट बालुवाटार पुगेका थिए। दुई नेताको २ घण्टा लामो छलफलपछि मंगलबार बिहान पार्टी एकता समितिको बैठक बोलाउने सहमति भएको छ । नेताहरुबीच एकतामा देखिएका विवादबारे छलफल भएपनि कुनै सहमति हुन नसकेको बताइएको छ ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापाकोटाले भोलि विहान ९ नौ बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा विवादित विषयमा छलफल गर्ने दुबै नेता सहमत भएको बताए ।

अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच यसअघि सहमति हुन नसकेका विषय एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने, निर्वाचन चिन्ह के बनाउने र विधानको प्रस्तावनामा जनयुद्ध शव्द राख्ने कि नराख्ने भन्नेमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्