Light Nepal

पिएसजीले सातौ पटक जित्यो फ्रेन्च लिगको उपाधि

काठमाडौं, ३ बैशाख । पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ । गएराती भएको खेलमा मोनाकोलाई ७-१ गोल अन्तरले पराजित गर्दै फ्रेन्च लिगको उपाधि जितको हो । पिएसजीले ५ खेल अगाडी नै लिगको उपाधि जितेको छ ।

लिगमा पिएसजी ३३ खेल खेल्दै कुल ८७ अंक सहित शिर्ष स्थानमा रहेको छ बहने दोस्रो स्थानमा रहेको मोनाको ३३ खेलमा ७० अंक रहेको छ ।

पिएसजीको जितमा एन्जल डी मारिया र लो केसेलोले २-२ गोल गरेका थिए भने कभानी, फल्काओ र ड्राक्सलरले एक एक गोल गरेका थिए ।

पिएसजीले यो जितसँगै सातौ पटक फ्रेन्च लिग वानको उपाधि जितेको छ । उपाधि जित्ने क्रममा पिएसजीले ३३ खेलमा कुल १०३ गोल गरेको छ । पिएसजीले यस अघि सन १९८५-८६, १९९३-९४, २०१२-१३, २०१३-१४, २०१४-१५, २०१५-१६ मा फ्रेन्च लिगको उपाधि जितेको थियो ।

त्यस्तै यस खेलमा एक गोल गर्दै एडीन्सन कभानीले ११३ गोल अग्रेका छन् । उनले जलाटन इम्ब्रहिमोविचको फ्रेन्च लिगमा ११३ गोलको बराबरी पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्