Light Nepal

यस्तो छ आज नेपाली बजारमा विभिन्न विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ३ बैशाख । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७४ पैसा र विक्रिदर २७ रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५७ पैसा र विक्रिदर २८ रुपैयाँ ७४ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३३ पैसा र विक्रिदर २८ रुपैयाँ ४९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ३३ पैसा र विक्रिदर २६ रुपैयाँ ९७ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र विक्रिदर ९ रुपैयाँ ७६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ४७ रुपैयाँ ०६ पैसा छ भने विक्रिदर ३ सय ४९ रुपैयाँ ०६ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ९५ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ५४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्