Light Nepal

सुन किनबेच गर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ आजको मूल्य

काठमाडौं, ३ बैशाख । सुनको मूल्य एक सातामा प्रतितोला ९०० रुपैयाँले बढेको छ । चैत २६ गते प्रतितोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन त्यसको एक सातामा ९ सय रुपैयाँले बढेर बैशाख ३ गते (सोमबार) सम्म आइपुग्दा ५८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन भने ५८ हजार ५ सय रुपैयाँ कायम भइरहेको छ ।
यता चाँदी एक सातामा प्रतितोला १५ रुपैयाँले बढेको छ । चैत २६ गते चाँदी प्रतितोला ७४० रुपैयाँ थियो । एक सातामा १५ रुपैयाँले बढेर ७ सय ५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्