Light Nepal

हिन्दुस्तान भएर मुसलमानसँग विवाह गर्ने, छोराको नाम पनि क्रुर मुस्लिम शासकको राख्ने भन्दै करिना कपुरलाई सामाजिक सञ्जालमा लेखेपछि, स्वरा भास्करले दिइन कडा जवाफ

भारत, २ वैशाख । भारतको जम्मू कश्मीरको कठूवामा आठ वर्षीय बालिकामाथि सामूहिक बलात्कारपछि गरिएको हत्याप्रति भारतमा यसको चौतर्फी बिरोध भइरहेको छ । भारतीय कलाकारहरु पनि विरोधमा उत्रिएका छन् ।

करीना कपूर, सोनम कपूर, स्वरा भास्कर, रविनालगायतका बलिउड अभिनेत्रीहरु सो घटनाको विरोधमा उत्रिएका हुन् । कलाकारहरुले यसघटनाको विरोध स्वरुप एक कार्डसहितको आफ्नो फोटो सामाजिक सञ्जालमा सेयर गरेका छन । जसमा लेखिएको छ ‘म हिन्दुस्तान हुँ र म लज्जित छु ।’
भारतीय कलाकार करिना कपूर सामाजिक सञ्जालमा त्यति देखिन्न् । तर उनले कार्ड बोकेर घटनाको विरोध गरिन् । तर करिनाले भने सो फोटो आफै सामाजिक सञ्जालमा राखिनन् । उनको उक्त कार्ड समातेर खिचिएको फोटो अभिनेत्री स्वरा भास्करले आफ्नो ट्वीटरमार्फत सेयर गरिदिइन् । सामाजिक सञ्जालमा निकै कम देखिने करिना समेत सार्वजनिक भएपछि उक्त तस्वीर सहितको फोटोमा करिनालाई ट्रोल गर्न सुरु गरियो ।

त्यसमा केही नकारात्मक जवाफहरु पनि थिए । जसमध्ये जब एक ट्वीटर प्रयोगकर्ताले करिनालाई जवाफमा लेखेका थिए कि ‘करिना लज्जित हुनु पर्छ किनकी एक हिन्दुस्तान भएर उनले मुसलमानसँग विवाह गरिन । त्यस पछि छोराको नाम एक क्रुर मुस्लिम शासक तैमुरको नामबाट राखियो ।’


त्यसको जवाफ करिनाले त दिइनन् तर अभिनेत्री स्वरा भास्करले लेखिन ‘ तिमी लज्जित हुनुपर्छ किनकी तिमी यस संसारको हिस्सा हौ । भगवानले तिमीलाई दिमाग दिए पनि त्यसका तिमीले केवल घृणा भरेर राखेको छौं ।’

स्वरा भास्कर, सोनम कपूर र करिना कपूर खान यतिबेला एक साथ फिल्म ‘विरे दी वेडिङ्ग’ मा काम गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्