Light Nepal

९ बर्षिय बालकको मासिक आम्दानीले चलेको घरको कथा ।

काठमाण्डौ २ बैशाख ।कुनै पनि देशमा बालश्रमको हुनु भनेको सो देश अल्पविकसित हुनु को प्रतिबिम्ब हो ।

जसरी देशको विकासमा सबै नागरिकको भूमिका महत्वपूर्ण हुन्छ, बालबालिकाको भूमिका पनि त्यति नै महत्वपूर्ण हुन्छ । बालबालिका समाजका महत्वपूर्ण जनसंख्या हुन्, जो देश विकासमा आवश्यक तत्व (डाक्टर, इन्जिनियर, समाजसेवी, नेता, पाइलट लगायत बन्नकालागि निर्विकल्प उर्जा हुन्, वर्तमानका प्रतिक हुन् ।

उनीहरुको पहुँच श्रममा भन्दा शिक्षामा बढाउन सक्नुपर्छ, तर हाम्रो समाजमा त्यसो हुन सकेको छैन । शनिवारको दिन दिउसो किर्तिपुरको लभ डांडामा त्यसै घुम्न निस्कदां लाइट नेपालको टोलीले एक जोडी बालक भेट्यो । ति बालक त्यहां नजिकै रहेको गलैचा उद्योगमा काम गर्ने बालकहरु थिए ।

एक जना ९ वर्षको अर्का १३ वर्षका थिए । सर्लाहीवाट किर्तिपुरमा उनीहरु आफ्नो श्रम खर्चन आएका थिए । गलैचा उद्योगमा काम गरे बापत पाउने पहिनाको ६ हजार रुपैया पनि उनीहरुको हातमा पर्दैन । कम्पनीका मालिक सर्लाही जांदा त्यो पैसा बोकेर जान्छन् र अभिभावकलाई दिन्छन् ।

गलैचा उद्योगमा काम गरेर परिवारलाई सहयोग गरिरहेका यि दुई बालकहरुको भविष्यका बारेमा कस्ता सपना बुनेका छन् त्यो विषयमा जान्ने कोशिष गरीएको छ । सुनौं बालश्रमिकहरुको भविष्यको सपना उनीहरुकै आवाजमा :-

प्रतिक्रिया दिनुहोस्