Light Nepal

अमेरिकाको सिरियामा मिसाइल आक्रमणपछि विश्व विभाजित : रुस-चीन-इरान एकातिर, अमेरिका-बेलायत अर्कोतिर

काठमाडौं, २ बैशाख । अमेरिकाले सिरियामा गरेकाे मिसाइल अाक्रमणकाे रूस, चीन, इरानलगायत देशहरूले कडा रूपमा विराेध गरेका छन् ।

सिरिया अाक्रमणपछि विश्व स्पष्ट रूपमा दुर्इ ध्रुवमा बाँडिएकाे छ । एकातिर रूस, चीन, इरान, उत्तर काेरिया देखिएका छन् भने अर्काेतिर अमेरिका, बेलायत, फ्रान्स, जर्मनीलगायत देशहरू देखापरेका छन् ।

अमेरिकाले सिरियामा गरेकाे अाक्रमणबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामाथि भएको आक्रमणलाई कडा रूपमा निन्दा गरेका छन् र राष्ट्रसंघको आपतकालीन बैठक बोलाउन माग गरेका छन् ।

रुसको सरकारी टीभीमा प्रसारित एक वक्तव्यमा पुटिनले सिरियामाथिको आक्रमणलाई हस्तक्षेपकारी कदम भएको बताएका छन् । डुमामा गत साता भएको शंकास्पद रासायनिक हमला नियोजित रुपमा कसैले गराएको र त्यसलाई आक्रमणको बहाना मात्र बनाइएको उनले बताएको बीबीसीले जनाएको छ ।

रुसी विदेश मन्त्रालयका प्रवक्ताले सिरियामाथि भएको आक्रमणले शान्ति वार्ताको प्रयासमा धक्का पुगेको बताएका छन् । रुसी समाचार एजेन्सी आरआईएसँगको कुराकानीमा मारिया जखारोवाले भने, यसले विद्रोही र चरमपन्थीलाई यो सन्देश दिएको छ कि उनीहरुरुले जे गरिरहेका छन्, त्यो सही छ ।

इरानी सर्वोच्च नेता अयातुल्लाह अलि खानेमीले सिरियामा पश्चिमा आक्रमणलाई अपराध भनेका छन् । यसबाट अमेरिकाका साझेदारले केही उपलब्धि हालिस गर्न नसक्ने भन्दै उनले भने, ‘अमेरिकी राष्ट्रपति, बेलायती प्रधानमन्त्री र फ्रान्सका राष्ट्रपति अपराधी हुन् ।’

राष्ट्रपति बसर अल असदले पश्चिमाको सैन्य कारबाहीको जवाफ दिँदै सिरिया र त्यहाँका मानिसहरु देशमा चरमपन्थीहरुलाई समाप्त पार्न एकजुट भएको बताएका छन् । उनले इरानका राष्ट्रपति हसन रुहानीसँग फोनमा कुराकानी गरेका छन् ।

चीनले सिरियामाथि पश्चिमा देशको आक्रमण अन्तराष्ट्रिय कानुनको उल्लंघन भएको बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता हुआ च्युनिङले चीन अन्तराष्ट्रिय सम्वन्धमा बलको प्रयोग, राष्ट्रसंघ सुरक्षा परिषद्को सिद्धान्त र अन्तर्रा्ष्ट्रिय कानुनको उल्लंघनको विरोधमा रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्