Light Nepal

सिरिया आक्रमणबारे चीनले अमेरिका, बेलायत र फ्रान्सलाई दियो झट्का लाग्ने चेतावनी

काठमाडौं, १ बैशाख । शनिबार अमेरिका, बेलायत र फ्रान्सले संयुक्त रुपमा सिरियामाथि गरेको क्षेप्यास्त्र आक्रमणको चीनले विरोध गरेको छ । चिनियाँ विदेश मन्त्रालयले सिरियामाथिको आक्रमण अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भएको बताएको छ ।

शनिबारको आक्रमणपछि चिनियाँ विदेशमन्त्रालयले सुरक्षा परिषदलाई बेवास्ता गरेर गरिएको सैन्य आक्रमणको विरोध गरेको हो ।

पश्चिमा शक्तिहरुको आक्रमणको रुस, इरान र चीनले विरोध गरेका छन् भने अष्ट्रेलिया र इजरायलले समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्