Light Nepal

अचम्म ! बुवा–आमा मरेको ४ वर्षपछि जन्मियो छोरा

काठमाडौं, २९ चैत्र । चीनमा बुवा आमाको मृत्यु भएको चार वर्षपछि एक शिशुको जन्म भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार एक दम्पतीले आइभिएफ प्रविधिमार्फत पछि जन्माउने भन्दै फ्रोजन गरेर भ्रुण राखेका थिए ।

तर उनीहरुको कार दुर्घटनामा सन् २०१३ मा ज्यान गयो । अहिले उनीहरुले फ्रोजन गरेर राखेको भ्रुणबाट सरोगेट मदरको सहयोगमा बच्चाको जन्म भएको हो ।

कार दुर्घटनामा दुवैको ज्यान गएपछि उनीहरुले फ्रोजन गरेर राखेको भ्रुणबाट बच्च जन्माउनका लागि ज्यान गुमाउने दम्पतीका अभिभावकले कानूनी लडाईं लडेका थिए ।

फ्रोजन भ्रुणबाट गएको डिसेम्बरमा बालकको जन्म भएको हो । लाओसमा सरोगेट मदरको सहायताले बच्चा जन्मिएको हो । तर यस सम्बन्धी जानकारी यहि हप्ता मात्रै बाहिर आएको हो ।

ज्यान गुमाएका दम्पतीका चार अभिभावकलाई लामो कानूनी लडाईँपछि अदालतले भ्रुण प्रयोग गर्ने अधिकार दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्