Light Nepal

सिंहदरवार अब संधै झिलिमिली, सोलारले सिंगारिएपछि यस्तो देखियो सिंहदरवार (भिडियो सहित)

काठमाडौं, २८ चैत । बारम्बार बिजुली गएर अध्यारो भइरहने सिंहदरबारमा अब कहिल्यै अध्यारो नहुने भएको छ । सरकारले सिंहदरबारभित्र बिजुली आपूर्ति नियमित बनाउन भवनका छतछतमा सोलार प्यानल जडान गरेपछि सिंहदरवार झिलिमिलि भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालयलगायत विभिन्न मन्त्रालय तथा संस्थान गरी २१ वटा भवनको छानामा सोलार प्यानल राखेर सौर्य ऊर्जा उत्पादन गरेको हो। केही वर्ष अघिदेखि ती प्यानल राख्न थालिएको थियो ।

करीब ६० करोड लागत रहेको ‘चाइना एड फोटोभोल्टिक परियोजना’ सोलार बत्ती नेपाल विद्युत् प्राधिकरणको ग्रिडमा जोडिनेछ।

प्रतिक्रिया दिनुहोस्